You are viewing the translated version of प्रदेश प्रहरीले अनुसन्धान गर्ने.

Section 9
प्रदेश प्रहरीले अनुसन्धान गर्ने
(१) दफा ४ बमोजिम नेपाल प्रहरीले अनुसन्धान गर्ने कसुर तथा प्रचलित कानून बमोजिम अन्य निकाय वा अधिकारीले अनुसन्धान गर्ने कसुर बाहेक आफ्नो प्रदेशभित्र भएका नेपाल सरकार वादी हुने अन्य कसुरको सम्बन्धमा प्रदेश प्रहरीले प्रचलित कानून बमोजिम अनुसन्धान गर्नेछ।
(२) यस दफा बमोजिम प्रदेश प्रहरीले अनुसन्धान गर्दा प्रचलित कानून बमोजिम अपराध अनुसन्धानको लागि प्रहरी कर्मचारीलाई भएको अधिकारको प्रयोग गर्नेछ।
(३) यस दफा बमोजिम प्रदेश प्रहरीले अनुसन्धान गरेको कसुर सम्बन्धी अनुसन्धान प्रतिवेदन सम्बन्धित सरकारी वकील समक्ष पेश गर्नेछ।